लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) #गोरखापत्रअनलाइन श्रावण ६, २०७८ बुधबार

१. जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?  ३३ । – टोकियो ओलम्पिक्स सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने । – यसअघि टोकियो ओलम्पिक्स सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने मिति तय गरिएको थियो । कोरोना भाइरसको महामारीका कारण प्रत्येक चार वर्षपछि हुने ओलम्पिक्स यसपटक पाँच वर्षपछि हुन लागेको । – विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो । – टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका (सुटिङ, जुडो, एथ्लेटिक्स र पौडी) पाँच खेलाडी सहभागी हुने । २. विक्रम संवत् २०७८ असार १५ गते मनाइएको १८औँ राष्ट्रिय धान दिवसको नारा के हो ?  धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि । ३. नेपाली काँग्रेसका सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ?  विसं २०७८ असार २९ । – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई सोही दिन पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको । – नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको । – सर्वोच्च अदालतको २०७८ असार २८ गतेको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई सो पदमा नियुक्त गर्नुभएको । ४. प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत कहिले लिनुभएको हो ?  विसं २०७८ साउन ३ । – प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको । साउन ३ मा प्रतिनिधिसभामा भएको मतदानमा पक्षमा १६५ मत, विपक्षमा ८३ र तटस्थ मत एक रहेको । – प्रतिनिधिसभामा मताधिकार प्राप्त सांसद सङ्ख्या २६६ रहेकोमा २४९ सांसदको उपस्थिति रहेको । ५. नेपालमा सर्वप्रथम प्रतिनिधिसभाको बैठक कहिले बसेको थियो ?  विसं २०१६ असार १ गते । ६. सरकारद्वारा गठित विद्यापति पुरस्कार कोषले मैथिली भाषा साहित्य क्षेत्रको विद्यापति पुरस्कार कसलाई प्रदान ग-यो ?  सप्तरीको मैथिली साहित्य परिषद् (पुरस्कार राशि ः रु. दुुई लाख) – त्यसैगरी, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कारबाट साहित्यकार वृशेषचन्द्र लाल, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कारबाट पत्रकार एवम् साहित्यकार सुजित झा, नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कारबाट अमरेन्द्र यादव र नेपाल विद्यापति मैथिली कला–संस्कृति पुरस्कारबाट अजितकुमार र सुनिताकुमारी साहलाई पुरस्कृत गरिएको । – यी चारवटै पुरस्कारको राशि जनही रु. एक लाख रहेको । ७. नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कहिलेदेखि कार्यान्वयनमा ल्याएको छ ?  विसं २०७८ साउन १ । – सङ्गठनको चेन अफ कमान्डलाई थप चुस्त दुरुस्त र छिटोछरितो बनाउन नयाँ साङ्गठनिक पुुनःसंरचना कार्यान्वयनमा ल्याइएको । – नयाँ संरचनाअनुसार पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड गरी चारवटा केन्द्रीय कमान्डको व्यवस्था लागू गरिएको । कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काडमाडौँ उपत्यकाका लागि एक गरी जम्मा चारवटा कमान्ड लागू गरिएको । – यस संरचनालाई ‘तीन जोड एक केन्द्रीय कमान्ड’ नामकरण गरिएको । – नयाँ संरचना लाग भएसँगै यसअघि सातवटै प्रदेशका सातवटा र काडमाडौँ उपत्यकाको एउटा गरी आठवटा पृतना साउन १ गतेदेखि खारेज भएका । – राष्ट्रिय सुरक्षा नीति–२०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना र नेपाली सेनाको दीर्घकालीन सोच २०८७ लाई आधार मानेर सङ्गठनको पुुनःसंरचना गरिएको । – नयाँ संरचनाअनुसार पूर्वमा धनकुटा हिले, मध्यमा पोखरा, पश्चिममा सुुर्खेत र उपत्यकामा एउटा सैनिक कमान्ड स्थापना गरिएको । – उपत्यका कमान्डको मुख्यालय नारायणहिटीपरिसरमा कायम गरिएको । – नयाँ कमान्डको स्थापनासँगै कमान्डको नेतृत्वमा बाहिनीहरू र बाहिनीमातहतमा गण तथा गुुल्म रहने । – सैनिक कमान्डको स्थापनापछि जङ्गी अड्डाका केही अधिकार कमान्ड हेडक्वार्टरमा प्रत्यायोजन हुने । – आर्मी मुख्यालयले रणनीतिक र राष्ट्रिय महŒवका सुरक्षाका विषयमा ध्यान केन्द्रित गर्ने, सैनिक कमान्ड मुख्यालयले अपरेसनल कार्य गर्ने र बाहिनीअन्तर्गतका गण र गुल्मले ‘ट्याक्टिकल’ काम गर्नेगरी नेपाली सेनाको काम अगाडि बढ्ने । ८. सम्राट अशोकले निर्माण गरेको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका हुन् ?  डा. फुहरर । ९ नेपालका चारधाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?  वराहक्षेत्र, मुक्तिक्षेत्र, रुरु क्षेत्र र हरिहर क्षेत्र । १०. नेपालमा भारोपेली परिवारअन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?  नेपाली । ११. नेपालले वन संरक्षण गर्दै कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी सम्झौता कहिले गरेको हो ?  विसं २०७७ फागुन । – नेपालले वन संरक्षण गर्दै कार्बन न्यूनीकरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । – नेपाल प्रशान्त एसिया क्षेत्रमा कार्बन सम्झौता गरेर लाभ लिने पाँचौँ मुलुक हो । विश्वमा भने नेपाल १२औँ मुलुक हो । – विश्वका औद्योगिक मुलुकले बढी कार्बन उत्सर्जन गर्दा कम उत्सर्जन गर्ने तथा उत्सर्जन नै नगर्ने मुलुकले पनि उत्तिकै प्रदूूषणको हानि बेहोर्नुपरेको छ । त्यो असन्तुलनलाई कम गर्न औद्योगिक मुलुकले नेपाल जस्ता कार्बन कम उत्सर्जन गर्ने र वन तथा वातावरण संरक्षणमा योगदान दिने मुलुकलाई क्षतिपूर्ति वा पुरस्कारबापतको रकम तिर्नुपर्ने अवधारणाको विकास भएको छ । सोहीअनुसार विश्व बैङ्कमार्फत नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी रकम पाउने भएको । १२. ग्लोबल पोजिसनिङ सिष्टम (जीपीएस)को सुरुवात कुन देशबाट भएको हो ?  अमेरिका । – यो प्रविधि पहिलोपटक सन् १९७३ मा अमेरिकी रक्षा विभागमा प्रयोगमा ल्याइएको । पूर्ण क्षमतासाथ यो प्रविधि सन् १९९५ देखि प्रयोगमा आएको । – आकाशबाट लिइएको चित्रबाट सम्बन्धित ठाउँका बारेमा जानकारी लिन सकिने यो प्रविधिको विकासमा बाडफोर्ड पार्किन्सन, रोजर एल एस्टोन र इभान ए गेटिङको योगदान रहेको । – यो स्पेस–बेस्ड स्याटेलाइट नेभिगेसन सिष्टम हो । १३. “सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो” भन्ने विचारक को हुन् ?  गौतम बुद्ध । १४. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा महान्यायाधिवक्तामा कसलाई नियुक्त गरियो ?  खम्मबहादुर खाती (विसं २०७८ असार ३१) । (नेपाल बार एसोसिएसनका पूर्वमहासचिव खाती स्थापित कानुन व्यवसायी हुनुहुन्छ ।) १५. विश्व व्यापार सङ्गठन (डब्लूूटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?  एन्गोजी ओकोन्जो–इबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया) । – डब्लूूटीओको इतिहासमै पहिलो महिला प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुनुहुन्छ । – ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुभएको । उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ । १६. विसं २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ?  पुरुषतर्फ ः मन्डेकाजी श्रेष्ठ र महिलातर्फ ः गौरिका सिंह १७. बुकर इन्टरनेसनल अवार्ड २०२० कसलाई प्रदान गरियो ?  म्यारिक लुकास रिज्नेभेल्ड । १८. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’को स्थापना कहिले गरियो ?  सन् २०१८ जनवरी २६ । – साइबर आक्रमणका घटनालाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको स्थापना गरिएको । – सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको । १९. बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कहिले भएको हो ?  विसं २०७७ फागुन २१ । २०. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ?  बाग्लुङ (१३७ किमि) । २१. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नारासाथ ‘नागरिक एप’को शुभारम्भ कहिले गरेको हो ?  विसं २०७७ माघ २ । २२. नेपालमा पहिलोपटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिलेदेखि भएको हो ?  विसं २०७७ पुुस ६ । – खासगरी क्यान्सर, थाइराइड एवम् हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने । – यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवम् इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने । २३. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा सञ्चालित छ भने चुरे जलाधार संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालित छ ?  १३ । २४. हरित् जलवायु कोषको मुुख्यालय कहाँ रहेको छ ?  दक्षिण कोरिया । (विश्वमा बढ्दो तापमान वृद्धिदरलाई २ डिग्री सेल्सियसभन्दा तल राख्नेगरी विविध कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसाथ यो कोष स्थापना गरिएको ।) २५. नेपाल प्रज्ञाप्रतिष्ठानले सन् २०७७ मा नेपाल प्रज्ञालङ्कार पुरस्कार कसलाई प्रदान ग¥यो ?  चिनियाँ प्रोफेसर वाङ हङवेई । – प्रतिष्ठानको ३५औँ प्रज्ञासभाले भाषा, साहित्य एवम् कूटनीतिका क्षेत्रबाट नेपालको विकासमा योगदान पु¥याएबापत हङवेईलाई सो विशिष्ट पुरस्कारबाट सम्मानित गरेको । – यसैगरी, सभाले दुई लाख राशिको नेपाल सामाजिक शास्त्र÷संस्कृति÷ दर्शनशास्त्र पुरस्कार प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र र दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकारलाई प्रदान गरेको । – त्यस्तै, एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतर्भुजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गरेको । – सभाले दुुई÷दुुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार आसाम (भारत)का लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गरेको । २६. आसियानको ३७औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?  सन् २०२० नोभेम्बर ११–१५, हनोई (भियतनाम) । (यस संस्थाको ३६औँ सम्मेलन पनि हनोईमा सम्पन्न भएको । ३८औँ र ३९औँ सम्मेलन ब्रुनाईको बन्दरसेरी बेगवानमा हुने भएको ।) २७. नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?  विसं २०७७ साउन ३० । २८. नेपालको प्रदेशसभा कति सदनात्मक हुने व्यवस्था छ ?  एक । २९. जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?  विसं २०७७ असोज ३ । ३०. ‘बेइजिङ +५’ सम्मेलन केसँग सम्बन्धित छ ?  महिला विकास ।

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः