मानव शरीरका २५ रोचक तथ्य
१. मानिसको शरीरको हड्डी स्टीलभन्दा पाँच गुुणा बलियो हुुन्छ ।
२. आँखा खोलेर हाच्छ्युँ गर्न सकिँदैन ।
३. भोकलेभन्दा पनि कम सुताइले मानिस चाँडै मर्छ ।
४. जर्मनीका अनुसन्धानकर्ताहरुका अनुसार हप्ताको अरु बारभन्दा सोमबार बढी हृदयघात हुन्छ ।
५. औषतमा एक व्यक्तिले दिनमा ४८०० शब्द बोल्दछ ।
६. दुई अर्ब मानिसमा जम्मा दुईवटा मानिस मात्र ११६ वर्षसम्म पुग्न सक्दछन् ।
७. मानिस मुस्कुराउँदा १७ मांसपेशीको प्रयोग हुन्छ भने दुखी हुँदा ४३ मांशपेशीको प्रयोग हुन्छ ।
८. मानिसको मुखमा करिब ४० हजार ब्याक्टेरिया हुन्छन् ।
९. शरीरको सबैभन्दा सानो कोष शुक्राणुको हुन्छ ।
१०. दाहिने फोक्सोले देब्रे फोक्सोले भन्दा बढी हावा लिन्छ ।
११. मानव शरीरको सबैभन्दा बलियो मांसपेशी जिब्रो हो ।
१२. निलो आँखा हुनेहरु अरुभन्दा बढी पीडामा संवेदनशील हुुन्छन् ।
१३. खुट्टाको नङभन्दा हातको नङ चार गुणाले बढ्छ ।
१४. मानिस यस्तो जीव हो जसले मात्र सिधा लाइन कोर्नसक्छ ।
१५. सयभन्दा बढी भाइरसको कारणले रुघाखोकी लाग्दछ ।
१६. मानिसको शरीरमा हुने ब्याक्टेरियाको कुल तौल २ किलोग्राम हुन्छ ।
१७.विश्वका सात प्रतिशत मानिसहरु देब्रे हातको बढी प्रयोग गर्छन् ।
१८. दाहिने हात चलाउनेले दाहिनेतिरबाट बढी खाना चपाउँछन् भने देब्रे हात चलाउनेहरुले देब्रेतिरबाट बढी खाना चपाउँछन् ।
१९. जब मान्छे लजाउँछ तब मानिसको आन्द्रा पनि रातो हुने गर्दछ ।
२०. शरीरको कुल तापक्रमको ८० प्रतिशत टाउकोबाटै खर्च हुन्छ ।
२१. पुरुषको भन्दा महिलाको मुटु बढी धड्किन्छ ।
२२. शरीरमा बग्ने रक्तनलीको लम्बाइ एक लाख किलोमिटर हुन्छ ।
२३. दाहिने हात चलाउने मानिसहरु देब्रे हात चलाउनेहरुभन्दा नौ वर्ष बढी बाँच्छन् ।
२४. खोपडी २९ वटा हड्डीले बनेको हुन्छ ।
२५. भर्खर जन्मेको बच्चाले सात महिनासम्म एकैचोटि सास फेर्ने र निल्ने कार्य गर्नसक्छ ।
Comments
Post a Comment