शिक्षा ऐन, नियमावली तथा शिक्षक सेवा आयोग नियमावली
१) अध्यापन अनुमतिपत्रको उत्तिर्णाङ्क शिक्षा सेवा आयोग नियमावलीको कति औ संशोधनबाट पचास भएको हो ?
✍️ नवौ संशोधन
२) अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले सोही तहको पदमा अस्थायी वा राहत अनुदान कोटामा काम गरेवापत अधिकतम कति अंक पाउन सक्ने व्यवस्था छ ?
✍️ ५ अंक
३) SEE परिक्षाको परिक्षाफल प्रकाशन भएको कति समय पछि उत्तरपुस्तिका धुल्याउने व्यवस्था छ ?
✍️ ६ महिना
४) सामुदायिक विद्यालयमा हुने दरवन्दीमा जम्मा शिक्षक २४ जना भए कति जना द्वितीय श्रेणिको हुनेछ ?
✍️ ४जना
५) असाधारण क्षमता भएका विद्यार्थीलाई कक्षा चढाउदा कुन कुन कक्षा चढाउन सकिदैन ?
✍️कक्षा ६ र ९
६) शिक्षक सेवा आयोगबाट सिफारिस भएको उम्मेदवारले नियुक्तिपत्र बुझेको कति दिनमा सम्बन्धित विद्यालयमा हाजिरी हुनुपर्दछ ?
✍️१५ दिनभित्र
७) कुनै विद्यालयले कक्षा थप गर्न चाहेमा कति समय अगाडी कहाँ निवेदन दिनुपर्दछ ?
✍️शै स सुरु हुनुभन्दा २ महिना अगाडी सम्बन्धित स्थानीय तहमा
८) नगर शिक्षा समितिमा कतिजना महिला सदस्य रहने व्यवस्था छ ?
✍️ ४ जना
९) विद्यालय व्यवस्थापन समितिमा सम्बन्धित क्षेत्रको वि नि के को रुपमा आमन्त्रण गरिनेछ ?
✍️ पर्यवेक्षक
१०) सामुदायिक विद्यालयको शिक्षक दरवन्दी कसले तोकेबमोजिम हुनेछ ?
✍️ शिक्षा मन्त्रालय
११) माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अध्यक्षको हुने व्यवस्था छ ?
✍️ प्रमुख जिल्ला अधिकारी
१२) शिक्षा ऐन विपरीत शुल्क उठाउने विद्यालयलाई कति जरिवाना हुन्छ ?
✍️ रु २५०००
१३) शिक्षक सेवा आयोगमा अध्यक्ष बाहेक अन्य कतिजना सदस्यहरु रहने व्यवस्था रहेको छ ?
✍️ २ जना
१४) बर्दिया जिल्ला स्थित श्री त्रिभुवन प्राविधिक विद्यालयमा कति सदस्यीय व्यवस्थापन समिति रहनेछ ?
✍️११ जना
१५) शिक्षकको कार्यसम्पादन मुल्यांकन गर्दा पुनरावलोकन समितिले दिन सक्ने अधिकतम अंक कति हो ?
✍️ ४
१६) जिल्ला शिक्षा समितिमा पदेनबाहेक मनोनीत सदस्यको संख्या कति रहने छ ?
✍️ ५ जना
१७) नियम बनाउने अधिकार शिक्षा ऐनको कुन दफाले दिएको छ ?
✍️ दफा १९
१८) प्र अ तथा प्र अ संग समान श्रेणिको शिक्षक वा माथिल्लो श्रेणिको शिक्षकको हकमा सुपरिवेक्षक को रहनेछ ?
✍️सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख
शिक्षा ऐन, नियमावली तथा शिक्षक सेवा आयोग नियमावली
Comments
Post a Comment