शिक्षक सेवा अायाेग पश्चिमाञ्चलमा साेधेका पुराना प्रश्न र तिनकाे उत्तर

पश्चिमाञ्चल विकास क्षेत्रमा सोधिएका प्रश्न र तिनको उत्तर: १. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य छनोट गर्ने प्रयोजनका लागि विद्यार्थीका अभिभावक भन्नाले ककसलाई जनाउछ? बाबु, आमा, बाजे र बज्यै २. शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको सिफारिस गर्न गठित समितिको अध्यक्षमा को रहने व्यवस्था छ? लोकसेवा आयोगको अध्यक्ष ३. नेपालको अन्तरिम संविधान २०६३ मा कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ? शिक्षा तथा संस्कृतिसम्बन्धी हक(धारा १७) ४. अभिभावक शिक्षक संघमा बढीमा कति सदस्य रहने व्यवस्था शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले गरेको छ? ११ सदस्य ५. शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले एक शैक्षिक सत्रमा काम गर्ने दिन कम्तीमा कति दिन हुनुपर्ने व्यवस्था गरेको छ? २२० दिन ६. शिक्षक सेवा आयोग नियमावली २०५७ कहिलेदेखि लागू भएको हो ? २०५७/७/२४ ७. शिक्षकले एक वर्षभरिमा कति दिन बिरामी बिदा पाउन सक्ने व्यवस्था छ? १२ दिन ८. नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेका बालबालिकाको हक तलकामध्ये कुन होइन ? आधारभूत शिक्षा पाउने हक ९. खुला प्रतियोगिताबाट रिक्त शिक्षक पदपूर्ति गर्दा विज्ञापन भएको कति अवधिमा स्थायी नियुक्तिका लागि सिफारिस गर्न‘पर्ने व्यवस्था छ ? ६ महिनाभित्र १०. जिल्ला शिक्षा समितिको सचिव को हुने व्यवस्था छ? जिल्ला शिक्षा अधिकारी ११. राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–२०३२) मा व्यवस्था भएको प्राथमिक विद्यालय तहको संरचना तलकामध्ये कुन हो? १–३ १२. दैनिक पाठयोजनाका अङ्गहरुको क्रम तलकामध्ये कुन हो? उद्देश्य, सामग्री, क्रियाकलाप, मूल्याङ्न र गृहकार्य १३. तलकामध्ये कुन चाहिं पूर्व प्राथमिक शिक्षाको उद्देश्यभित्र पर्दैन? भषिक तथा गणितीय सीप विकास गर्ने १४. उत्तरबाल्यावस्थाका विशेषताभित्र तलकामध्ये कुन चाहिं पर्दैन ? खेलौनाको उमेर १५. सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) मा कतिओटा उद्देश्य राखिएका छन्? ३ ओटा १६. आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९–२००४) अन्तर्गत राखिएको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्य पूरा गर्न कतिओटा कार्यक्रमका क्षेत्रहरु निर्धारण गरिएका थिए ? ४. ओटा १७. तलकामध्ये कुन चाहिं सबैभन्दा बढी विद्यार्थी केन्द्रित विधि हो? छलफल विधि १८. वर्तमान प्राथमिक तहको पाठ्यक्रम अन’सार कक्षा ४ र ५ को नेपाली विषयको पाठ्यभार कति छ? ८ १९. तलका मध्ये कुन चाहिं योजनाले विद्यालयको सम्पूर्ण वार्षिक गतिविधिलाई प्रतिनिधित्व गर्छ ? वार्षिक कार्यपात्रो २०. बहुकक्षा शिक्षण भन्नाले के बुझिन्छ? धेरैओटा कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखी अध्यापन गराउने

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः