आजको गोरखापत्र (लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. विक्रम संवत् २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ? ✅ पुरुषतर्फ : मन्डेकाजी श्रेष्ठ र महिलातर्फ : गौरिका सिंह २. दोस्रोपटक महाअभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ? ✅ डोनाल्ड ट्रम्प । ( सन् २०२० जनवरी ७ मा ट्रम्प समर्थकहरूले क्यापिटल हाउसस्थित अमेरिकी संसद् भवनमा प्रवेश गर्दै उपद्रो मच्चाएका थिए) ३. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ? ✅ बागलुङ (१३७ किमि) । ४. नेपाल आयल निगम लिमिटेडको स्थापना कहिले भएको हो ? ✅ विसं २०२७ पुस २६ । ५. विसं २०७७ माघ १ मा मनाइएको राष्ट्रिय योग दिवसको नारा के हो ? ✅ गरौँ योग डटेर, कोभिड जान्छ हटेर । ६. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ? ✅जनवरी २६ । ७. एसोसिएसन अफ नेसनल नम्बरिङ एजेन्सिज (एएनएनए) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ? ✅ सन् २०१६ जुन २३ । ८. भारतले कोरोनाविरुद्धको खोप अभियान कहिले सुरु ग¥यो ? ✅ सन् २०२१ जनवरी १६ । ९. सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको हुन्छ ? ✅ २५–४० किमि । १०. आईयुसीएनले लोप र दुर्लभ हुन लागेका जीवहरूलाई कति भाग (अवस्था)मा विभाजन गरेको छ ? ✅ ५ (विलोप, सङ्कटापन्न, अति संवेदनशील, दुर्लभर सम्भस्त) । ११. साइटिस स्थापनाको मुख्य उद्देश्य के हो ? ✅दुर्लभ जीवजन्तु तथा पशुपक्षीहरूको संरक्षण एवम् सम्बद्र्धन । १२. हिउँदे याममा पहिलोपटक माउन्ट के टुको सफल आरोहण गरी कीर्तिमान राख्ने टोली कुन हो ? ✅ नेपाली टोली (सन् २०२१ जनवरी १६) । १३. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’को शुभारम्भ कहिले गरेको हो ? ✅ विसं २०७७ माघ २ । १४. सरकारले कुन अवधि सम्ममा डिजिटल नेपाल बनाउने कार्यक्रम तय गरेको छ ? ✅ सन् २०२५ । १५. मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिनेगरी नेपाल ‘पासपोर्ट’ एपको शुभारम्भ कहिले गरियो ? ✅ विसं २०७३ पुस १९ । १६. हाल (२०७७ माघ) स्वास्थ्य बीमा लागू गर्ने जिल्ला कति पुगेका छन् ? ✅ ६४ (६४ औँ जिल्ला ः लमजुङ ।) १७. बाल तथा मातृ मृत्युदर कम गर्ने उद्देश्यका साथ ‘शून्य होम डेलिभरी’ अभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो ? ✅ मालिका गाउँपालिका, गुल्मी । १८. नेपाल सरकार मन्त्रिपरिषद् बैठकद्वारा नीति अनुसन्धन प्रतिष्ठान गठन गर्ने निर्णय कहिले भएको हो ? ✅ विसं २०७५ असोज ५ । १९. सरकारले नेपालका कति जातिलाई अल्पसङ्ख्यक जातिका रूपमा वर्गीकरण गरेको छ ? ✅ ९८ (विसं २०७४ वैशाख ८) । २०. पृथ्वीले आफ्नो अक्षमा घुुम्ने प्रक्रियालाई के भनिन्छ ? ✅ परिभ्रमण । २१. साधुसन्तले बाल्ने अग्निलाई के भनिन्छ ? ✅ धुनी । २२. प्राचीनकालको ‘रामचरित्र मानस’ र आधुनिक कालको ‘कुष्णायन’ कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ? ✅ अवधी । २३. व्यापार घाटा भन्नाले के बुझिन्छ ? ✅ निर्यात व्यापारभन्दा आयात व्यापार बढी हुने । २४. हिमनदीले बगाएर ल्याएको हिमोढ (ढुङ्गा, माटो, बालुवा, झारपात आदि)ले नदीलाई रोकी बन्न जाने ताललाई के भनिन्छ ? ✅ हिमोढ ताल । २५. तराई–मधेसीका जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी मार्ग निर्माण औपचारिक रूपमा कहिले सुरुवात भएको हो ? ✅ आर्थिक वर्ष २०६५/०६६ । २६. बडघर प्रथा कुन समुदायमा प्रचलनमा रहेको छ ? ✅ थारू । २७. बागलुङको रामरेखादेखि पर्वतको पाङ जोड्ने सिङ्गल स्पान झोलुङ्गेपुलको लम्बाइ कति रहेको छ ? ✅ ५६७ मिटर । २८. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ? ✅ महाभारत पर्वत । २९. ग्रीष्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँद ऋतुमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ? ✅ मनसुनी वायु । ३०. मनसुनी वायु कति प्रकारका हुन्छन् ? ✅ दुई (ग्रीष्मकालीन मनसुन र शीतकालीन मनसुन) । ३१. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ? ✅ श्री ५ त्रिभुवन । प्रस्तुतकर्ता : टङ्क केसी, २०७७ माघ ७ गते ।

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः