लोकसेवा तयारी सामग्री (मिति २०७७ कार्तिक १९ गते बुधबार)

१. अस्ट्रेलियास्थित लबी इन्स्टिच्युटद्वारा सन् २०२० अक्टोबरमा प्रकाशित प्रतिवेदनअनुसार विश्वका सबैभन्दा शक्तिशाली (सुपर पावर) देशको सूचीमा परेका राष्ट्र कुन–कुन हुन् ?  अमेरिका र चीन । – यो सूचीमा अमेरिका ८१.ं६ अङ्कका साथ शीर्षस्थानमा छ । त्यसैगरी चीन ७६.१ अङ्कका साथ दोस्रो स्थानमा छ । – अमेरिका र चीनलाई अङ्कका आधारमा महाशक्तिको दर्जा दिइएको छ भने तेस्रो स्थानमा रहेको जापानलाई प्रमुख शक्तिको दर्जामा राखिएको छ । – प्रमुख शक्ति राष्ट्रको दर्जा हासिल गर्न आवश्यक ४० अङ्क पाउन योपटक भारत चुकेको छ । ३९.७ अङ्क प्राप्त गरी मध्यशक्तिशाली (मिडल पावर्स) राष्ट्रको सूचीमा परेको छ भारत । – लबी इन्स्टिच्युटले हरेक वर्ष विश्वका प्रमुख देशको आर्थिक क्षमता, सैन्य क्षमता, आन्तरिक स्थिति, भविष्यको योजना, दोस्रो देशसँगको आर्थिक सम्बन्ध, डिफेन्स नेटवर्क (प्रतिरक्षा सञ्जाल), राजनीतिक तथा कूटनीतिक प्रभाव र साँस्कृतिक प्रभावको अध्ययन गरी यो सूची जारी गर्ने गरेको छ । २. नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित तथ्याङ्कअनुसार २०७७ भदौ मसान्तसम्म देशभरका कति स्थानीय तहमा वाणिज्य बैङ्कको पहुँच पुगेको छ ?  ७४७ । – अब छवटा स्थानीय तहमा मात्रै बैङ्किङ पहुँच पुग्न बाँकी छ । – नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या २०७७ भदौ मसान्तसम्ममा १४९ पुगेको छ । यसअनुसार वाणिज्य बैङ्क ः २७, विकास बैङ्क ः १९, वित्त कम्पनी ः २१, लघुवित्त ः ८१ र पूर्वाधार विकास बैङ्क ः एक सञ्चालनमा छन् । बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या भदौ मसान्तसम्म नौ हजार ८५१ पुगेको छ । ३. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी र त्यसको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर पुनःनिर्माणपछि कहिले उद्घाटन गरियो ?  विक्रम संवत् २०७७ कात्तिक ५ गते । – मल्लकालीन शैलीमा पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ताम्रपत्र अनावरण गरी उद्घाटन गरिएको छ । सो अवसरमा बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठा र क्षमापूजा पनि गरिएको छ । आफ्ना दिदीबहिनी नहुने दाजुभाइले तिहारमा त्यहाँ गएर भाइटीका लगाउने चलन छ । – बालगोेपालेश्वर मन्दिर प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा पुनःनिर्माण गरिएको हो । – भूकम्प गएकै साल २०७२ माघ २ गते भूकम्प सुरक्षा दिवसको अवसरमा पुनःनिर्माणका लागि शिलान्यास गरिएको थियो । – सन्तान शोकमा डुबेकी आफ्नी रानीलाई शोकबाट मुक्त गराउन विसं १७२६ मा कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गर्न लगाएका थिए । – जङ्गबहादुर राणाद्वारा बेलायत भ्रमणपछि गुम्बज शैलीमा बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गरिएको थियो । १९९० सालको भूकम्पबाट मन्दिरको गजुर भत्केपछि जुद्धशमशेर राणाद्वारा गुम्बज शैलीमै यसको पुनर्निर्माण गरिएको थियो । ४. विश्वको दुर्लभ जनावर रेडपान्डा अनुसन्धान केन्द्र कहाँ बन्ने भएको छ ?  ताप्लेजुङ । – (हिमाली संरक्षण मञ्चको सहजीकरण र रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा रेडपान्डा अध्ययन अनुसन्धान केन्द्रको भवन निर्माण भइरहेको छ ।) ५. सन् २०२० मा सञ्चालित ‘ग्लोबल ई–कम्पिटिसन अन एस्ट्रोनोमी एन्ड एस्ट्रो फिजिक्स’मा ‘अनरेबल मेन्सन अवार्ड’ जित्ने नेपाली को हुनुहुन्छ ?  राहुलरञ्जन शाह (सेन्ट जेभियर्स कलेज, माइतीघर) र अंशुराज सेढाईं (सीसीआरसी, कोटेश्वर) । – यो प्रतियोगिता २०७७ असोज ९ देखि कात्तिक ७ सम्म सञ्चालित भएको थियो । – व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड हात पारेको छ । – प्रतियोगितामा नेपाललगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ डेढ सयभन्दा बढीले सहभागिता जनाएका छन् । ६. नेपालमा क्लिन फिड (विदेशी टेलिभिजन च्यानलहरूद्वारा विज्ञापनरहित कार्यक्रम प्रसारण)को व्यवस्था कहिलेदेखि लागू भयो ?  विसं २०७७ कात्तिक ८ मा । – नेपालमा हाल प्रसारित विदेशी टेलिभिजन च्यानलहरूले टेलिभिजन हेरेबापत ग्राहकबाट रकम पनि असुल्ने र विज्ञापन पनि समावेश गर्ने गरेको अवस्था थियो भने कात्तिक ७ पश्चात् विदेशी टेलिभिजनले कार्यक्रमबाहेक कुनै पनि प्रकारको विज्ञापन, लोगो, प्रोमो वा प्रमोसनहरू प्रसारण गर्न पाउँदैनन् । – विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ को दफा ६ को उपदफा (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ । – नेपालमा प्रसारणको अनुमति लिएका विदेशी टेलिभिजनहरूले अबउप्रान्त डबिङ गरेरसमेत विज्ञापन गर्न पाउने छैनन् । – यसले नेपालको विज्ञापन बजारमा विस्तार गर्न मद्दत पुग्ने देखिएको छ । विदेशी विज्ञापन एजेन्सीहरूले नेपालमा नै विज्ञापन खिच्न आउनुपर्ने, नेपाली कलाकार र मोडलले स्थान पाउने, नेपाली उत्पादनहरू ब्रान्डिङ गर्न मद्दत पुग्ने देखिन्छ । ७. लैङ्गिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा नेपाल कहिले निर्वाचित भएको हो ?  सन् २०१८ अप्रिल । – नेपाल पहिलोपटक यो संस्थाको बोर्ड सदस्यमा निर्वाचित (सन् २०१९–२०२१ का लागि) भएको छ । – बोर्ड सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट छनोट भएका अन्य राष्ट्रमा भारत, बङ्गलादेश, साउदी अरेबिया र मङ्गोेलिया छन् । – त्यसैगरी, आगामी तीन वर्षका लागि विकासका लागि विज्ञान तथा प्रविधि आयोगको सदस्यमा पनि नेपाल निर्वाचित भएको छ । आयोगमा एसिया–प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, थाइल्यान्ड र इरान निर्वाचित भएका छन् । ८. नेपाली सेनाद्वारा विसं २०७६ भदौ ११ मा सार्वजनिक गरिएको विस्तृत आयोजना प्रतिवेदनअनुसार काठमाडौँ–तराई दु्रत मार्ग (खोकना–निजगढ)को लम्बाइ कति हुने उल्लेख छ ?  ७२.५ किमि । ९. नेपालको पहिलो खुला दिशामुक्त घोषित जिल्ला कास्की हो भने पहिलो खुला दिशामुक्त घोषित अञ्चल कुन हो ?  धौलागिरि । – (त्यस्तै, पहिलो खुला दिशामुक्त घोषित गाउँ बन्दीपुर (तनहुँ) हो ।) १०. छैटौँ कृषि गणना २०६८ अनुसार सबैभन्दा बढी खाद्यान्न बाली उत्पादन हुने जिल्ला कुन हो ?  मोरङ । – यो गणनाअनुसार सबैभन्दा बढी कृषिभूमि भएका (प्रमुख पाँच) जिल्ला मोरङ, झापा, सर्लाही, सिरहा र सुनसरी हुन् । – त्यस्तै, सबैभन्दा कम कृषिभूमि भएका जिल्ला मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला हुन् । – गणनाअनुसार सबैभन्दा बढी नगदेबाली उत्पादन सर्लाही, कोसेबाली÷तेलहनमा दाङ, तरकारी उत्पादनमा इलाम तथा सिँचित क्षेत्र पुगेको जिल्ला बारा हुन् । – कुल खेतीयोग्य जमिनमध्ये ५३.१२ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छ । – आफ्नै कृषि उत्पादनले खान पुग्ने जनसङ्ख्याको हिस्सा ४४ प्रतिशत छ । – कृषिका लागि प्रयोग भएको जग्गा २५ लाख २५ हजार हेक्टर छ । – कुल कृषक परिवार सङ्ख्या ३८,३१,००० छ । – छैटौँ कृिष गणनाको नतिजा विसं २०७० पुस ९ मा सार्वजनिक गरिएको । ११. नेपालमा चिट्ठीमा टिकट टाँस्ने चलन कहिलेदेखि सुरु भएको हो ?  विसं १९४४ असार ११ मा । १२. नेपालमा एसएलसी बोर्डको स्थापना कहिले भएको हो ?  विसं १९९० कात्तिक १६ मा । १३. सर्वप्रथम एटीएम कार्ड सेवा सुरुवात गर्ने बैङ्क एभरेष्ट बैङ्क हो भने इन्टरनेट बैङ्किङ सुरुवात गर्ने बैङ्क कुन हो ?  कुमारी बैङ्क । – (क्रेडिट कार्ड सुरुवात गर्ने पहिलो बैङ्क ः हिमालय बैङ्क) १४. नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?  नबिल बैङ्क । १५. सार्वजनिक निकायले सेवाग्राहीलाई सूचना प्रदान गर्न अनिवार्य रूपमा सामाजिक सञ्जालको प्रयोेग गर्नुपर्ने व्यवस्था कहिलेदेखि लागू गरिएको हो ?  विसं २०७५ साउन २८ मा । १६. बजेट तर्जुमाका लागि सातवटै प्रदेशमा मन्त्रालयगत बजेट सूचना प्रणाली प्रयोगमा ल्याउनेसम्बन्धमा मन्त्रिपरिषद्बाट स्वीकृति कहिले भयो ?  विसं २०७६ वैशाख ५ मा (आर्थिक वर्ष २०७६÷०७७ देखि) । १७. नेपालले दोहोरो करमुक्ति सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?  भारत (सन् १९८७ जनवरी १८ मा) । – हालसम्म नेपालले विभिन्न ११ राष्ट्रसँग करमुक्ति सम्झौता गरेको छ । – दोहोरो करमुक्ति सम्झौता भएका देशहरू ः भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, नर्वे, थाइल्यान्ड, अस्ट्रिया, मौरिसस, कतार, दक्षिण कोरिया र चीन हुन् । १८. नेपाल सरकारद्वारा ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रम तथा सबै नेपालीको बैङ्क खाता कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?  विसं २०७६ वैशाख १ मा । १९. नेपालमा पहिलोपटक बीउ एटीएमको सञ्चालन कहिले गरिएको हो ?  विसं २०७६ साउन ७ मा । – पहिलो बीउ एटीएम ललितपुर महानगरपालिका परिसरमा सञ्चालनमा ल्याइएको छ । – यो बीउ एटीएमबाट तीन दर्जनभन्दा बढी प्रकारका तरकारी तथा फलफूल उपलब्ध गराइनेछ । २०. राष्ट्रिय विकास परिषद्–२०७५ को गठन कहिले गरिएको हो ?  विसंं २०७५ चैत ८ मा । २१. सन् २०१८ मा आफूलाई औपचारिक रूपमा यहुदी राष्ट्र घोषणा गर्ने देश कुन हो ?  इजरायल । २२. भिक्टोरिया ताल अफ्रिकामा पर्छ भने ग्रेट भिक्टोरिया मरुभूमि कहाँ पर्छ ?  अस्ट्रेलिया । २३. जस्मिन क्रान्ति एवम् अरब स्प्रिङ ट्युनिसियासँग सम्बन्धित छ भने लोटस क्रान्ति कुन देशसँग सम्बन्धित छ ?  इजिप्ट । २४.शीतकालीन युद्धका बेला अमेरिका र रूसबीच भएको क्षेप्यास्त्रसम्बन्धी सन्धिबाट अमेरिका कहिले बाहिरिएको हो ?  सन् २०१९ फेब्रुअरी १ मा । – त्यस्तै, रूसले सन् २०१९ फेब्रुअरी २ मा सो सन्धिबाट बाहिरिएको घोषणा गरेको थियो । यो सन्धि सन् १९८७ मा भएको थियो । – मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतकालीन सन्धि ‘इन्टरमिडियट – रेन्ज न्युक्लियर फोर्स ट्रिटी’अन्तर्गत पाँच सय किमिदेखि पाँच हजार पाँच सय किमि दूरीसम्म मार हान्न सक्ने क्षमताको भूमिबाट प्रहार गर्ने क्षेप्यास्त्रमा प्रतिबन्ध लगाइएको थियो । २५. भारतद्वारा अमेरिकी सामानमा अतिरिक्त कर लगाउन कहिलेबाट सुरु गरिएको हो ?  सन् २०१९ जुन १६ मा । २६. हिमालयन इन्साइक्लोपेडिया उपमानबाट चिनिने व्यक्तित्व को हुन् ?  एलिजावेथ हली । २७.मदर टेरेसालाई नोबल शान्ति पुरस्कार कहिले प्रदान गरिएको हो ?  सन् १९७९ मा । २८. ‘शान्तिको आरम्भ एउटा मीठो मुस्कानबाट हुन्छ’ भन्ने व्यक्तित्व को हुन् ?  मदर टेरेसा । २९. जङ्गली जनावरबाट मानिस एवम् खेतिपातीको रक्षा गर्न लगाइएको विद्युतीय तारलाई के भनिन्छ ?  एन्जाइवर । ३०. उपग्रह नभएका ग्रह कुन–कुन हुन् ?  बुध र शुक्र । – (सबैभन्दा धेरै उपग्रह भएको ग्रह ः वृहस्पति हो ।) प्रस्तुतकर्ता : टङ्क केसी

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः