शिक्षा विशेष
१)नेपालमा महिला शिक्षाको सुरुवात कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो?
#विर शमसेर
२)नेपालको वैदिक शिक्षा प्रणाली शिक्षा प्राप्त गरि गृह प्रवेश गर्ने महिला के भनिन्थ्यो ?
#सदुबधु
३)नेपालमा महिला शिक्षाको सुरुवात गर्ने भारतिय महिला को हुन्न?
#गगांबाई
४)वि.सं.१९८० मा काठमाडौं को ढोकाटोल मा कन्या पाठशालाको स्थापना कसले गरेका थिए?
#चन्द्र शमसेर
५)शिक्षामा मा महिलाहरुको समान पहुँच कसको आर्थिक सहयोगमा संचालन भएको थियो?
#युनिसेफ
६)महिलाहरुलाई प्राथमिक तहको शिक्षक बनाउनको लागि सर्वप्रथम नेपालको कुन स्थानमा प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो?
#पोखरा
७)वि.सं.२००७ सालमा महिला साक्षरता प्रतिशत कति थियो?
#०.७%
८)हाल देशभर कति जिल्लामा फिडर छात्रावास संचालन गरिएको छ?
#२० जिल्ला
९)तीन वर्षिय अन्तरिम योजना प्रारम्भ हुँदा प्राथमिक तहमा महिला शिक्षकको प्रतिशत कति रहेको थियो?
#३०%
१०)नवौं योजना अवधिमा कतिजना महिला शिक्षिका थप गर्ने लक्ष्य राखिएको थियो?
#२०००
११)तीन वर्षीय अन्तरिम योजनाले साक्षरता लैंगिक समता सुचांक ०.७ को अवस्था बाट कति पुर्याउने लक्ष्य राखेको छ?
#०.९
१२)लैंगिक समानता एउटा मुद्दा हो जसको सम्बन्ध ......... हो ?
#सबै समाजमा महिला र पुरुषका लागि समान
१३)बिधालय क्षेत्र विकास योजना अनुसार सन २०२२ सम्म आधारभुत तहमा महिला शिक्षक कति प्रतिशत पुगेको हुनेछ?
#५०%
१४)नेपाल सरकारले पहिलो पटक सन कति मा लैंगिक हिंसाको विरुद्धको रुपमा कार्यक्रम मनाएको थियो?
#सन २०१०
१५)सामुदायिक बिधालयको वि.व्य.स समिती मा अनिवार्य रुपमा कति जना महिला सदस्य हुनु पर्ने व्यवस्था गरिएको छ?
#१ जना
१६)लैंगिक समानता प्रवधनको निम्ति मुख्य गरि कुन योजना अवधी देखि महिला शिक्षा विकासका कार्यक्रमलाई समविष्ट गरेको थियो?
#छैंठौँ
१७)शिक्षामा लैंगिक समता प्राप्त गर्ने उदेश्यले शिक्षा मन्त्रालयले लैंगिक समविकासको लागि बालिका शिक्षा विकासको रणनीति तथा कार्ययोजना कहिले देखि कार्यान्वयन ल्याएको थियो?
#वि.सं.२०६२
१८)राज्यका सबै निकायहरुमा महिलाहरुलाई के को आधारमा सहभागी हुने हक हुनेछ?
समानुपातिक समावेशीकरण
१९)महिलालाई शिक्षा स्वास्थ रोजगारी सामाजिक सुरक्षामा के को आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ?
#सकरात्मक विभेद
२०)सरकारी सेवामा महिलाको संख्या २०७५ सम्म कति प्रतिशत पुगेको थियो?
#२४%
२१)१४ औं योजना अनुसार घरमुलिको रुपमा महिलाहरुको प्रतिशत कति रहेको छ?
#२५.७%
२२) १४औं योजना का अनुसार महिला साक्षरता प्रतिशत कति रहेको थियो?
#५४.७%
२३) १५ औँ योजनामा उल्लेख भए अनुसार योजनाको अन्त्य सम्म लैंगिक विकास सुचांक कति पुर्याउन लक्ष्य राखिएको छ?
#०.९६३
Comments
Post a Comment