युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०
संयुक्त राष्ट्रसंघीय निकाय 'युनेस्को'ले यस वर्षको विश्व प्रसिद्ध ‘युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०’ ज्येष्ठ नागरिकहरूका क्षेत्रमा कार्यरत नेपाली गैरसकारी संस्था एजिङ नेपाल (अध्यक्ष : चट्याङमास्टर)लाई प्रदान गरेको छ । संस्थाले सञ्चालन गर्दै आएको ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम’ विश्वभरिका प्रतिस्पर्धीहरूमध्ये सर्वोत्कृष्ट ठहरिएकाले यो पुरस्कारबाट सम्मान गरिएको घोषणा फ्रान्सको पेरिसस्थित युनेस्को मुख्य कार्यालयले गरेको हो । एजिङ नेपाल परिवार, सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष, नेपाली हास्यव्यंग्यका अग्रज हस्ताक्षर, तथा हाम्रा प्रिय अभिवाभक चट्याङमास्टर (कृष्णमुरारी गौतम) लाई हार्दिक बधाई तथा शुभकामना ।।
Comments
Post a Comment