शिक्षाा ऐन २०२८ को अाठाै संशोधनमा भएका समितिहरु गठन
शिक्षाा ऐन २०२८ को अाठाै संशोधनमा भएका समितिहरु गठन गर्नुको मुख्य उद्देश्य।
१. जिल्ला शिक्षा समिति: जिल्लाभित्रको विधालयको रेखदेख र व्यवस्थापन गर्ने।
२. शिक्षक सेवा आयोगका पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्ने समिति: शिक्षक सेवा आगोगका अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न।
३. गाउँ शिक्षा वा नगर शिक्षा समिति: पालिका क्षेत्रभित्र संचालन हुने विधालयको रेखदेख र व्यवस्थापन गर्न तथा विभिन्न विधालयबिच समन्वय गर्ने काम समेतको लागि।
४. सामुदायिक विधालय व्यवस्थापन समिति: सामुदायिक विधालयको संचालन रेखदेख र व्यवस्थापन गर्नका लागि।
५. शिक्षा विकास कोष संचालक समिति: शिक्षा विकास कोष संचालन गर्न।
६. राष्ट्रिय परिक्षा बोर्ड: माध्यमिक शिक्षा परिक्षाको संचालन, समन्वय र व्यवस्थापन गर्न।
७. राष्ट्रिय शिक्षा परिषद: शिक्षा सम्बन्धी नीति निर्धारण गर्न।
Comments
Post a Comment