NEGRP सम्बन्धि महत्त्वपूर्ण प्रश्नहरू

         NEGRP
१. राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम तयारी र कार्यान्वयन गर्नुपर्ने सुझाव कसले दिएको थियो?
 SSRP 
२. NEGRP को दस्तावेज कहिले तयार भएको थियो?
२०७०/१२/५
३. NEGRP कति जिल्लामा नमुना सर्वेक्षण गरिएको थियो?
 २३ जिल्लामा 
४. NEGRP को मुख्य अवधारणा के रहेको छ?
शब्दको पहिचान र बुझाई
५. NRGRP अनुसार पढाई सीप मापनको अवधि कति रहेको छ?
 एक मिनेट 
६. NEGRP कार्यक्रमको अवधि कति रहेको छ?
 ५ वर्ष (2014-2019)
७. NEGRP कार्यक्रममा कसको प्राविधिक सहयोग रहेको छ?
USAID 
८. NEGRP कार्यक्रम कति चरणमा लागु भएको थियो?
 २ चरण (सघन र सामान्य)
९. NEGRP शैक्षिक शत्र २०७३ बाट कति जिल्लामा सघन रूपमा प्रारम्भ भएको थियो?
६ जिल्ला (सप्तरी, भक्तपुर, मनाङ, कास्की, काभ्रे, कंचनपुर)
१०. NEGRP शैक्षिक शत्र २०७४ बाट कति जिल्लामा सामान्य रूपमा लागू भएको थियो?
 १० जिल्ला 
११. NEGRP अनुसार पढाई सिपको क्रम के हो?
 ध्वनि सचेतिकरण, वर्ण सचेतिकरण, पठन प्रवाह, श्द ज्ञान, बोध र लेखाइ सीप
१२. NEGRP को मुख्य उद्देश्य के रहेको थियो?
 कक्षा १-३ सम्मका सबै विद्यार्थीको पढाई सीप सुधार गर्नु
१३. NEGRP ले भाषा शिक्षणका लागि कति समयको period छुट्टयाएको थियो?
 ९० मिनेट 
१४. NEGRP अनुसार बिधालय कार्यक्रममा कति % अभिभावकको उपस्थिति हुनुपर्ने उल्लेख थियो?
 ७०% बढी 
१५. NEGRP ले कति तहमा कार्यक्रमको अनुगमन गर्नुपर्ने भनी उल्लेख गरेको थियो?
 ४ तह (बिधालय, स्रोतकेन्द्र, जिशिका, केन्द्र)
१६. NEGRP अनुसार शिक्षक अनुपात अथवा प्रति कक्षा कति विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको थियो?
 ४० विद्यार्थी 
१७. NEGRP ले कुन भाषामा कार्यक्रम लक्षित गरेको थियो?
 रानाथारु
१८. NEGRP ले पढाई शिविर वर्षको कति पटक गर्ने उल्लेख गरेको थियो?
 एक पटक 
१९. NEGRP का कति वटा अवयवहरु रहेका छन्?
 ७ वटा 
२०. NEGRP को नितिगत जिम्मेवारी कुन निकायको रहेको थियो?
 शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय 
२१. NEGRP मा मुख्य जिम्मेवारी कुन निकायको रहेको थियो?
 शिक्षा तथा मानव स्रोत विकास केन्द्र 
२२. NEGRP को मुल्यांकन र परिक्षण गर्ने निकाय कुन हो?
 शैक्षिक गुणस्तर परिक्षण केन्द्र

Comments

  1. Very fruitful to the students who are preparing for TSC.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः