अक्षराङकन पद्धति /Letter Grading System

 अक्षराङकन पद्धति /Letter Grading System

✏️ कुनै निश्चित अङक नदिई सम्बन्धित विषयहरुमा बिद्यार्थीले प्राप्त गरेको उपलब्धिलाई निश्चित मानकका आधारमा अक्षरमा अङकन गर्ने वा स्तर छुट्याउने प्रक्रियालाई अक्षराङकन वा letter grading system भनिन्छ।


✏ Letter Grading System को सर्बप्रथम प्रयोग गर्ने काम मनोबिज्ञानका प्रोफेसर Mark W. Drum ले Athens State University Albama मा गरेका थिए। पछि सन् १९८० मा Yale University मा 4.0 पद्धतिको प्रयोग मार्फत तथा सन् १८९७ मा Mt. Holyoke College मा Letter Grading प्रयोग गरेको पाइन्छ।


✏ नेपालमा बिधालय शिक्षामा अक्षराङकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदको मिति २०७२/८/२३ को बैठकबाट पारित भइ नेपाल सरकार शिक्षा मन्त्रालय २०७२/८/२४ को निर्णयबाट स्वीकृत।


✏ यो कार्यविधि शिक्षा नियमावली २०५९ को नियम १९२ को (ङ) र (च) ले दिएको अधिकार प्रयोग गरि शिक्षा मन्त्रालयले यो कार्यविधि बनाएको छ।

✏ परिच्छेद -१: नाम परिभाषा र उद्देश्य 

✏ परिच्छेद -२: पाठ्य घण्टा 

✏ परिच्छेद -३: विद्यार्थी मुल्यांकनमा अक्षराङकन पद्धति 

✏ परिच्छेद -४: सम्बन्धित निकायहरुको भुमिका 

✏ परिच्छेद -५: विविध 

 संशोधन

पहिलो संशोधन: २०७२/१२/६

दोस्रो संशोधन: २०७३/१२/१७

तेस्रो संशोधन: २०७४/१०/१७

चौथो संशोधन: ३०७५/५/२ग्रेड निर्धारण तालिका :

सि.नं. प्राप्ताङ्कको वर्गान्तर (प्रतिशतमा) ग्रेड व्याख्या स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) 

१. ९० र सोभन्दा माथि ‘ए’+अति उत्तम ४.० 

२. ८० र सोभन्दा माथि ९० भन्दा कम ‘ए’ उत्तम ३.६ 

३. ७० र सोभन्दा माथि ८० भन्दा कम ‘बी’+धेरै राम्रो ३.२ 

४. ६० र सोभन्दा माथि ७० भन्दा कम ‘बी’ राम्रो २.८ 

५ .५० र सोभन्दा माथि ६० भन्दा कम ‘सी’+सन्तोषजनक २.४ 

६. ४० र सोभन्दा माथि ५० भन्दा कम ‘सी’ स्वीकार्य २.० 

७.३० र सोभन्दा माथि ४० भन्दा कम ‘डी’+आंशिक स्वीकार्य १.६ 

८. २० र सोभन्दा माथि ३० भन्दा कम ‘डी’ अपर्याप्त १.२ 

९. २० भन्दा कम ‘इ’ धेरै अपर्याप्त ०.८(स्रोत : पाठ्यक्रम विकास केन्द्र)                                                         🇳🇵एक शैक्षिकसत्रमा कम्तीमा २२० दिन विद्यालय खुल्ने र १९२ दिन पठनपाठन सञ्चालन हुनेछ यसअघिकै व्यवस्था र प्रतिविषय १७० पाठ्यभार वा १२८ घन्टा सिकाइ क्रियाकलापका आधारमा यसमा मापन गरिनेछ ।


Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः