शिक्षा विशेष -७


१. राष्ट्रिय शिक्षा पद्धतिको योजनाले सम्पुर्ण शिक्षाको निति निर्धारण गर्ने सम्बन्धमा के गठन गर्नुपर्ने भनी उल्लेख गरेको थियो?

🍖 उच्चस्तरीय राष्ट्रिय शिक्षा समिति 

२. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले प्रवेशिका उत्तीर्ण गरेका पुर्वप्राथमिक शिक्षकलाई कति अवधिको तालिम दिनुपर्ने सुझाव दिएको थियो?

🍖 ९ महिना

३. माध्यमिक शिक्षा नेपालको आर्थिक विकासका लागि...........मुल आधार हुनुपर्दछ?

🍖  मानव संशाधनको

४. शाही उच्च शिक्षा आयोगको प्रतिवेदनमा कति वटा भागहरु थिए?

🍖  २ वटा भाग

५. शाही उच्च शिक्षा आयोगको प्रतिवेदनमा २ वटा भाग भएकोमा पहिलो भागमा कति वटा परिच्छेद थिए?

🍖  ५ वटा 

६. सर्वाङगीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन तयार गर्न उक्त समितिको बैठक कति पटक बसेको थियो?

🍖  १५ पटक 

७. शाही उच्च शिक्षा आयोगको समितिमा अध्यक्ष र सदस्यका अतिरिक्त अन्य कुन कुन व्यक्तिहरु सदस्य थिए?

🍖  मदन बहादुर प्रधान, जगतमोहन अधिकारी, बल्लभमणि दाहाल 

८. राष्ट्रिय शिक्षा पद्धतिको योजना बमोजिम पाठ्यक्रम तथा पाठ्यपुस्तक तर्जुमा गरि दोस्रो वर्ष कुनकुन कक्षामा लागु गरिएको थियो?

🍖 1/4/8 लागू  2,5,9परिक्षण 

९. राष्ट्रिय शिक्षा आयोगलाई सहयोग गर्न युनेस्कोका तर्फबाट नेपालको भावी शिक्षा सम्बन्धमा सुझाव दिन कति सदस्यीय टोलि नेपाल आएको थियो?

🍖  ३ सदस्यीय 

१०. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तयार गर्न समितिले खास काम कति महिना गरेको थियो?

🍖  ९ महिना

११. सर्वाङगीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदनमा कति वटा विषय र परिशीष्ट थिए?

🍖  ९ विषय र ६ परिशिष्ट 

१२. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन अनुसार बिधालय तहको संरचना कस्तो थियो?

🍖  १+५+३+२+२

१३. प्रतिवेदन २०४९ अनुसार LLM ले कुन तहको शिक्षा सरहको मान्यता पाउनुपर्ने गरि सिफारिस गरिएको छ?

🍖  एम. फिल

१४. प्राथमिक तहसम्म निरन्तर मुल्यांकन प्रणालीअनुसार कक्षा चढाइने व्यवस्था कुन शैक्षिक सत्रबाट लागु गरिने भनी प्रतिवेदन २०५८ मा उल्लेख गरिएको थियो?

🍖  शैक्षिक सत्र २०५९

१५. राष्ट्रिय शिक्षा पद्धतिको योजना प्रथम चरणमा कति जिल्लामा लागु गरिएको थियो?

🍖  १५ जिल्ला 

१६. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ का सदस्य सचिव को हुन?

🍖  बैकुण्ठ प्रसाद अर्याल 

१७. प्रतिवेदन २०४९ मा उल्लेख भएअनुसार विश्वविद्यालय अनुदान आयोगको बैठकमा अध्यक्ष अनुपस्थिती भए कसले अध्यक्षता गर्ने व्यवस्था छ?

🍖  उपाध्यक्षले

१८. राष्ट्रिय शिक्षा आयोगले बहुप्राविधिक बिधालयहरुबाट कुन प्रकारको प्रशिक्षण दिने निति लिएको छ?

🍖  उच्चस्तरीय प्रशिक्षण 

१९. राष्ट्रिय शिक्षा पद्धति योजनाले शिक्षाका राष्ट्रिय उद्देश्य कति वटा निर्धारण गरेको थियो?

🍖  ४ वटा 

२०. राष्ट्रिय शिक्षा पद्धतिको योजनाले माध्यमिक शिक्षामा राखेको व्यावसायिक विषयको पुर्णाङ्क कहिलेदेखि हटाइएको हो?

🍖  २०३८ पछि 

२१. "शिक्षालाई बाल केन्द्रित गरि बालबालिकाको अन्तर्निहित क्षमताको विकास गर्नु" २०४९ अनुसार कुन तहको उद्देश्य हो?

🍖  प्राथमिक तह

२२. सर्वाङगीण राष्ट्रिय शिक्षा समितिमा पछि थपिएका सदस्य को थिए?

🍖  लक्ष्मणप्रसाद रिमाल

२३. २०११ को प्रतिवेदनले कति वर्ष भित्र निरक्षरता हटाउने लक्ष्य लिएको थियो?

🍖  २५ वर्ष 

२४. २०५५ को प्रतिवेदनले कुन निकायले कम्तीमा १०% बजेट शिक्षामा खर्च गर्नुपर्ने भनी सुझाव दिएको थियो?

🍖 गाउँ विकास समिति 

२५. २०५८ को शिक्षा समितिले शिक्षासम्बन्धी समस्यालाई विश्लेषण गरि मुलतः कति वटा मुद्दा  उल्लेख गरेको छ?

🍖  ३ वटा


             

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः