लाेक सेवा विशेष -३


1.विवाहमा दुलाहले दुलहीलाई लाइदिने

औठीलाई के भनिन्छ? साइमुद्रो

2.मुर्दा बेर्ने कपडालाई के भनिन्छ?

-चिचेट

3.टुनामुना जान्नेलाई के भनिन्छ?

-जालन्दरी

4.अर्नाको बच्चालाई के भनिन्छ?

-पिडा

5.अरुसँग नमिल्ने स्वाभावको मान्छेलाई के भनिन्छ?

-एकलकाँटे

6.टोपीको माथिल्लो भागको घेरालाई के भनिन्छ?

-चाउलो

8.बत्ती बाल्न प्रयोग गरिने कपडालाई के भनिन्छ?

-सलेदो

9.चौरी गाईको पुच्छरलाई के भनिन्छ ?-चमर

10.मदानीको टुप्पोलाई के भनिन्छ?

-नाईटो

11.मदानीमा बेरिएको धागोलाई के भनिन्छ?

-नेती

12.गहना बनाउँदा खेर जाने सुनलाई के भनिन्छ?

-जर्ति

13.गहनाहरु ठोकिएर बज्दा निस्कने आवाजलाई के भनिन्छ?

-सिज्ज

14.टाउको नभएको मान्छेलाई के भनिन्छ?

-मुर्कटा

15.सौतेनी आमा पट्टिका दाजुभाईलाई के भनिन्छ?

-भिन्नोदर

16.तुलसीको पातको मुनालाई के भनिन्छ?

-मञ्जरी

17.डाडु र पनियो एकै ठाँउ भएको सामाग्रीलाई के

भनिन्छ?

-कर्चूलो

18.घोडाको गर्धको रौ लाई के भनिन्छ?

-याल

19.रक्सी बनाउने मानिसलाई के भनिन्छ?

-कलवार

20.दिदिले भन्दा पहिले विवाह गर्ने बहिनीलाई के

भनिन्छ?

-दिधिषू

21.खोलो फैलिएर तर्न सकिने ठाँउलाई के भनिन्छ?

-जँघार

22.रजस्वला हुने अवस्थाकी किशोरीलाई

के भनिन्छ?

-बाला

23.आँखी भौ भएको ठाँउलाई के भनिन्छ?

-भृकुटी

24.भरियाले भारी बिसाउने क्रममा प्रयोग गर्ने

लट्ठीलाई के भनिन्छ?

-तोक्मा

25.आकाश र पृथ्वी जोडिए जस्तो देखिने ठाँउलाई के

भनिन्छ?

-क्षितिज

26.लास लैजादा बाटोमा फाल्ने पैसालाई के भनिन्छ?

-टिला

27.सेतो गुँरासलाई के भनिन्छ?

-चिमाली

28.सारङ्गी रेट्ने साधनलाई के भनिन्छ?

-गज

29.बाँदर नचाउनेलाई के भनिन्छ?

-मदारी

30.विवाह नगरेकी युवतीबाट जन्मेको

छोरालाई के भनिन्छ?कानीन 


Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

CTEVT सम्बन्धी महत्त्वपूर्ण प्रश्नोत्तरहरु

मानव शरीरका २५ रोचक तथ्य