शिक्षा सम्बन्धि जानकारी -२
️Literate Nepal Mission (LINEM)
१. साक्षर नेपाल अभियान नेपाल सरकार मन्त्रीपरिषदबाट कहिले स्वीकृत भएको हो?
२०६९/५/१४
२. अनौपचारिक शिक्षा तथा साक्षर नेपाल अभियान कार्यक्रम कार्यान्वयन पुस्तिका नेपाल सरकार, शिक्षा मन्त्रालयबाट कहिले स्वीकृत गरियो?
२०७१/६/२३
३. साक्षर नेपाल अभियान कति ढाचामा संचालन हुने व्यवस्था गरिएको थियो?
२ (लक्षित समूह र साझेदारीता-स्वयंसेवा)
४. साक्षर नेपाल अभियानले कति वटा लक्ष्य लिएको छ?
१ (सन् २०१५ भित्र नेपालबाट निरक्षरता उन्मुलन गर्नु)
५. सरकारले कुन आ.व. को बजेट वक्तव्यमार्फत साक्षर नेपाल अभियान कार्यक्रम अघि सारेको हो?
२०६९/०७०
६. साक्षर नेपाल अभियानले साक्षरताको मुल्यांकनका लागि कति वटा सक्षमतालाई आधार मानेको छ?
१२
७. साक्षर नेपाल अभियानले साक्षरताको लक्षित उमेर समुहको मापदण्ड कति तोकेको छ?
१५ वर्ष माथि
८. साक्षर नेपाल अभियानले कुन कुन प्रणालीका आधारमा कक्षा संचालन गर्ने व्यवस्था गरेको छ?
कक्षा प्रणाली र समूह वा व्यक्ति प्रणाली
९. कक्षा प्रणाली अन्तर्गत हिमाल, पहाड तराई र उपत्यकामा कति जना सहभागी रहने उल्लेख छ?
हिमालमा १५ र पहाड, तराई र उपत्यकामा २०
१०. समूह प्रणाली अन्तर्गत कतिजना सहभागी रहने छन्?
२ भन्दा बढी १५ देखि २० भन्दा कम
११. साक्षर नेपाल अभियानले कक्षा संचालनको अवधि कति हुने भनी उल्लेख गरेको छ?
३ महिना ( प्रतिदिन २ घन्टा, हप्तामा ६ दिनका दरले १५० घन्टा)
१२. साक्षर नेपाल अभियानले आर्थिक वर्ष २०६९/०७० मा कति जिल्लाका निरिक्षरहरुलाई साक्षर गराउने कार्यक्रम तय गरेको थियो?
१४ जिल्ला
१३. साक्षर नेपाल अभियानले न्युनतम तोकेको सहभागी जुट्न नसक्ने अवस्था भएमा प्रतिसहभागी कति रकम प्रोत्साहन भत्ता दिने उल्लेख गरेको छ?
रु ३०० ( सहभागीको संख्या पुगे हिमाली जिल्लामा रु १००, पहाडी जिल्लामा रु ९० र अन्य जिल्लामा रु ७५ उपलब्ध गराउने)
१४. एउटा साक्षरता कक्षा सञ्चालनका लागि प्रशासनिक खर्च वाफत कति रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ? रु ३०००
१५. साक्षर नेपाल अभियानले सहभागीको अनुगमनकर्ता वा निकायलाई मासिक तीन महिनासम्म कति अनुदान दिने छ? रु २५००
१६. सामुदायिक अध्ययन केन्द्र मार्फत आयआर्जन कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सामुदायिक अध्ययन केन्द्रलाई कति रकम निकास दिने उल्लेख छ? रु ३०,०००
Comments
Post a Comment