शिक्षा सम्बन्धि जानकारी -५
१. ´नियमको आधारमा कुनै वस्तु वा घटनालाई अङ्क प्रदान गर्नु मापन हो` यो भनाइ कसको हो ?
➡️स्टेभेन्स
२. linn and grounlund का अनुसार मुल्यांकन कति प्रकारका छन् ?
➡️४
३. समानताको गुणांकको आधारमा विश्वसनीयता गणना गर्ने विधि कुन हो ?
➡️समानान्तर प्रारुप विधि
४. कक्षा ९ को परीक्षाको जिम्मेवारी कसको हो ?
➡️विद्यालय
५. माध्यमिक तह अन्तर्गत प्राविधिक तथा व्यवसायिक धारतर्फका विद्यार्थीका लागि कहिलेदेखि ३० दिने कार्यगत तालिम दिने व्यवस्था सुरु गरियो ?
➡️वि स २०७१
६.मुल्यांकन क्षेत्रमा लेटर ग्रेडिङ प्रणालीलाई विकसित गरि व्यवस्थित प्रयोग कसले गरेका हुन्?
➡️ विलियम फेरिस
७. नेपालमा विद्यालय तहमा लेटर ग्रेडिङ प्रणालीको प्रयोग गर्नुपर्छ भनी सिफारिस गर्ने प्रतिवेदन कुन हो ?
➡️उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन
८. विद्यालय शिक्षामा अक्षराङ्कन शिक्षा पद्धति कार्यान्वयन कार्यविधि २०७२ को तेस्रो संशोधन कहिले भयो ?
➡️२०७४/१०/१७
९. निरन्तर मुल्यांकन प्रणालीलाई सर्वप्रथम परिक्षण गरिएको जिल्ला कुन हो ?
➡️कञ्चनपुर
१०. लेटर ग्रेडिङ प्रणालीलाई विद्यालय तहमा प्रयोग गर्ने कार्य कसले गरेका हुन्?
➡️एल. पी. इबज्रन
११. मुल्यांकनको क्षेत्रमा लेटर ग्रेडिङ प्रणालीको प्रयोग सर्वप्रथम कसले गरेका थिए?
➡️मार्क एम ड्रम
१२. नेपालको विद्यालय तहमा आन्तरिक मुल्यांकनको व्यवस्था सर्वप्रथम कहिलेदेखि लागू गरिएको हो ?
➡️वि स २०२८
१३. किन्डरगार्टेन विधिको सुरुवातकर्ता को हुन्?
➡️मारिया मन्टेश्वरी
१४. मान्यता तथा समकक्षता निर्धारण समितिको सचिवालयको काम कसले गर्छ?
➡️पाठ्यक्रम विकास केन्द्र
१५. कक्षा ३ मा अध्ययनरत रमेशले निरन्तर विद्यार्थी मुल्यांकन अन्तर्गत ७१% प्राप्ताङ्क ल्यायो भने उसले कुन श्रेणी प्राप्त गर्यो?
➡️क श्रेणी
१६. ग्रेडिङ शब्दको शाब्दिक अर्थ के हो ?
➡️तह वा श्रेणी
१७. अक्षराङ्कन शिक्षा कार्यान्वयन कार्यविधि २०७२ को कुन संसोधनले कक्षा ८ का अनिवार्य विषयहरूमा कम्तीमा D+ प्राप्त गरेको हुनुपर्ने भनी उल्लेख गरिएको छ?
➡️ तेस्रो संशोधन २०७४/१०/१७
१८. कस्तो प्रश्नलाई आपूर्ति प्रश्न (supply items ) पनि भनिन्छ ?
➡️खाली ठाउँ भर्ने प्रश्न
१९. निरन्तर विद्यार्थी मुल्यांकन प्रणालीलाई कुन शैक्षिक सत्रदेखि लागू गरियो ?
➡️शै. स. २०६३
२०. विद्यार्थी पठन सक्षमताको परिक्षण कति कक्षामा गर्ने व्यवस्था गरिएको छ?
➡️कक्षा ३
२१. ´कुनै पनि वस्तुको मुल्य निर्धारण गर्ने प्रक्रिया मुल्यांकन हो ` यो कसको भनाइ हो ?
➡️गुड
२२. मापन कति प्रकारका छन् र ती के के हुन्?
➡️२ भौतिक मापन र मनोबैज्ञानिक मापन
२३. मापन स्केललाई ४ भागमा विभाजन गर्ने कार्य कसले गरेका हुन्?
➡️स्टेभेन्स
२४. स्क्रइभेनका अनुसार मुल्यांकन कति प्रकारका छन् र के के हुन्
➡️२ निर्माणात्मक र निर्णयात्मक
२५.धार्मिक शिक्षाको पाठ्यक्रम 6-8 को पाठ्यक्रम कहिले स्वीकृत भयो?
👉2067
२६.वर्तमान आधारभूत शिक्षा(6-8)को पाठ्यक्रम कहिले स्वीकृत भएको हो?
👉2069 भाद्र 8
२७.आधारभूत तह( कक्षा 1-3)को पाठ्यक्रममा 2076 अनुसार कक्षा 4-5 को कुल पाठय घण्टा कति हो?
👉32 घण्टा
२८.माध्यमिक तहको पाठ्यक्रमको भाषा समुहमा कति वटा विषयहरु रहेका छन् ?
👉22(एक थपिएर 23 भएको भने पनि यसको आधिकारीक जानकारी नभएर 22लाई नै सहि मानिएको)
२९.माध्यमिक शिक्षा पाठ्यक्रम 2071 अनुसार स्वास्थ्य जनसंख्या शिक्षाको साप्ताहिक पाठयभार कति हो?
👉5
३०.राष्ट्रिय पाठ्यक्रम प्रारुप 2076 ले सिकाइ क्षमता स्तरलाई कति तहमा बाडेको छ?
👉5 तह
३१. स्थानीय पाठ्यक्रम विकास तथा कार्यन्वयन मार्गनिर्देशन 2076 अनुसार आधारभूत तहको पाठ्यपुस्तकको साइज कति हुनु पर्दछ?
👉18×24 से मि
३२.स्थानीय पाठ्यक्रम विकास तथा कार्यन्वयन 2076 अनुसार मातृभाषाका सन्दर्भ सामग्री कति भाषामा रहेका छन्?
👉4 भाषा
३३.अन्दाजको भरमा उत्तर दिने प्रवृतिलाई कम गर्न सजाय हुने प्रश्न कुन हो?
👉वस्तुगत प्रस्न
३४.प्रस्न विश्लेषण गर्दा विभेदिकरणको मान कति देखि कतिसम्म हुन्छ?
👉+1 देखि -1
३५.प्राथमिक तहमा निरन्तर मुल्यांकन प्रणाली अन्तर्गत ग श्रेणी प्राप्त गर्न कति अंक ल्याउनु पर्दछ?
👉40 भन्दा कम
३६.विद्यालय शिक्षामा अक्षराङक पद्दती कार्यान्वयन कार्यविधि 2072 कसले पारित गरेको हो?
👉राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषद्
३७.विद्यालय शिक्षामा अक्षराङक पद्दती लागू गर्ने भनि कहिले सैद्धान्तिक निर्णय भयो?
👉2071/3/30
३८.स्तरिकृत अंक भन्नाले केलाई बुझिन्छ?
👉आनुसाङ्ख्कि मान
३९.माध्यमिक तहमा पठनपाठन संचालनको लागि बढिमा कति मिनेट समयको एक घण्टि तयार गर्न सकिन्छ?
60 मिनेट
४०.Slc वा बार्षिक परिक्षामा सामेल हुन विद्यालय खुलेको कुल दिनको कति दिन हाजिरी हुनु पर्दछ?
75%
४१.कक्षा 1 को पुस्तकमा कति प्रतिशत चित्र रहने छ?
60%
Comments
Post a Comment