विविध जानकारी
1)निजामती सेवा नियमावली 2050 नेपाल राजपत्रमा कहिले प्रकाशित भयो?
वि.स 2050/3/28
2)निजामती सेवा नियमावली 2050 कसले तयार पारेको हो?
नेपाल सरकार
3)निजामती सेवा नियमावली निजामती सेवा ऐनको कति दफाको अधिकार प्रयोग गरि बनाइएको हो?
दफा 75
4)खारेज भएको पदको सुचना सामान्य प्रशासन मन्त्रालयलाई कसले दिनु पर्दछ?
निजामती किताब खाना
5)निजामती कर्मचारीको सपथ ग्रहण गर्दा कसको नाममा गर्छन्?
ईश्वरको
6)सामान्य प्र.मन्त्रालयले कहिले देखि कहिले सम्म निजामती कर्मचारीको सरुवा गर्नु पर्दछ?
भदौ 1 देखि भदौ मसान्तसम्म
7)निजामती कर्मचारीको अभिलेख निजामती किताब खानाले अत्यावधिक गरे नगरेको कसले निरिक्षण गर्छ?
सामान्य प्रशासन मन्त्रालय
8)राजपत्राङ्कित श्रेणीको कर्मचारीले कति महिना बराबरको उपचार खर्च पाउछन्?
12 महिना
9)उत्कृष्ट कर्मचारी छनौट गर्ने समितिको अध्यक्ष को रहने व्यवस्था छ?
सम्बन्धित मन्त्रालय,सचिवालय वा आयोगको सचिव
10)पुरुस्कार सिफारिस समिति कति जनाको हुन्छ?
5
11)केन्द्रीय स्तरको अधिकारी ट्रेड युनियनमा कति सदस्य रहने व्यवस्था छ?
21 सदस्यीय
12)राष्ट्रिय स्तरको आधिकारिक ट्रेड युनियनमा दोस्रो मत प्राप्त गर्नेले कुन पद पाउछन्?
महासचिव
13)निजामती कर्मचारीले भर्ने सम्पत्ति विवरण फाराम कति अनुसूचीमा रहेको छ?
अनुसूची 18
14)नेपाल शिक्षा सेवा अन्तर्गत कति वटा समुह रहेको छन्?
9 वटा
15)निजामती सेवा नियमावलीको कति दफामा अधिकार प्रत्यायोजन सम्बन्धि व्यवस्था रहेको छ?
दफा 135
16)निजामती सेवा नियमावली 50 जारी भएपछि कुन नियमावली खारेज गरिएको छ?
निजामती सेवा नियमावली,2021
17)निजामती सेवामा विभागीय प्रमुख कति वटा रहेका छन्?
31 वटा
18)कर्मचारी सम्बन्ध समितिको अध्यक्ष को हुन्छ?
सामान्य प्रशासन मन्त्री
19)निजामती कर्मचारीलाई पोसाक भत्ता कहिले भुक्तानी गरिन्छ?
चैत्र महिनाको तलब संगै
20)राजपत्राङ्कित द्धितिय र तृतिय श्रेणीको निजामती कर्मचारीको राजिनामा कसले स्वीकृत गर्छ?
मन्त्रालयको सचिव वा सो सरहको विभागीय प्रमुखले
21)निजामती कर्मचारीको निरोगीताको प्रमाणपत्रको नमुना कति अनुसूचीमा रहेको छ?
अनुसूची 5
22)निजामती सेवाको अन्तिम संशोधन कहिले भयो?
2076/1/30
23)राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीको राजिनामा कसले स्वीकृत गर्दछ?
नेपाल सरकार
24)जिल्ला स्तरका उत्कृष्ट कर्मचारीको छनौटको समितिको अध्यक्ष को रहने व्यवस्था छ?
जिल्ला न्यायाधीश
25)गलत विवरण राखि पदपुर्तिको लागि माग गर्ने अधिकारीलाई कस्तो सजाय गरिने व्यवस्था छ?
विभागीय
26)राजपत्राङ्कित तथा श्रेणी विहिन कर्मचारीलाई कसले सफत ग्रहण गराउछ?
अख्तियारवालाले
27)राजपत्र अनङ्कित कर्मचारीको कार्य सम्पादन मुल्याङ्कनको पुनरावलोकन समितिमा कति सदस्य रहन्छन?
3 सदस्य
28)सरूवा भुइ निजामती कर्मचारीले हाजिरी हुने कार्यालयमा कति दिन म्याद पाउने छन्?
बाटोको म्याद वाहेक 7 दिन
29)राजपत्राङ्कित निजामती कर्मचारीले आफ्नो बार्षिक कार्ययोजना कार्यालय प्रमुखबाट कहिले सम्म स्वीकृत गराइ सक्नु पर्दछ?
पहिलो चौमासिक
30)निजामती सेवा नियमावली 2050 को परिच्छेद 9 मा के रहेको छ?
हाजिरी र विदा
31)निजामती सेवा दिवस कहिले मनाइन्छ?
भाद्र 22
32)कार्य सम्पादन फारामलाई कति भागमा बिभाजन गरिएको छ?
3 चरण
33) निजामती कर्मचारीले पालन गर्नुपर्ने आचरण कति वटा तोकेको छ?
21
34)निर्वाचनमा भाग लिन नहुने कति नम्बरको आचरण हो?
9
35)कार्य सम्पादन मुल्याङ्कन फारम गरिसके पछि मूल्याङ्कनका लागि काहाँ पेश गरिन्छ?
सुपेरिवेक्षक समक्ष
36)नेपाल प्रसासन सेवा अन्तर्गत कति वटा समुह छन्?
3 वटा
37)निजामती सेवा पुरस्कारका साथ दिइने प्रमाणपत्रको ढाँचा अनुसूची कतिमा छ?
अनुसूची 17 ख
38)निजामती पुरुस्कार कहिले देखि दिन थालियो?
वि स 2051
39)शैक्षिक सन्तति वृति राजपत्राङ्कित कर्मचारीको सन्तानलाई कति दिइन्छ?
रू 2400
40)महिला कर्मचारीले सुत्केरी विदा थप गर्न चाहेमा कति बेतलबी विदा पाउछन्?
6 महिना
41)लोक सेवा आयोगबाट अनियमित नियुक्ति भएको भनि लेखि आएमा त्यस्तो व्यक्तिलाई कति अवधि भित्र पदबाट हटाउनु पर्दछ?
1महिना
42)निजामती सेवा नियमावली 2050 को चौधौं संशोधन कहिले भयो?
2073/5/24
43)भैपरी आउने विदा कसले स्वीकृत गर्छ?
सम्बन्धित कार्यालय प्रमुख वा विभागिय प्रमुख
44)निजामती कर्मचारीले कति किसिमका विदा पाउछन्?
8 वटा
45)ट्रेड यूनियन दर्ता गराउन बुझाउनु पर्ने कुरा के के हुन्?
20 कार्यसमिति तथा 5 हजारको हस्ताक्षर
46)निजामती किताब खाना कुन मन्त्रालय अन्तर्गत पर्दछ?
सामान्य प्रशासन मन्त्रालय
47)निजामती सेवाको राजपत्राङ्कित श्रेणीमा कतिवटा श्रेणीहरु रहेका हुन्छन्? 4
48)प्रशासन सेवा लेखा समुहमा कर्मचारीहरुको सरुवा कसले गर्छ?
महालेखा नियन्त्रणको कार्यालयमा
Comments
Post a Comment