Posts

Showing posts from November, 2020

कुन जिल्लामा कुन पोखरी 📕ढिकुर पोखरी=कास्की 📕देउ पोखरी=लमजुङ 📕तेप्चे पोखरी=ताप्लेजुङ 📕जोर पोखरी=पाँचथर 📕दिमी पोखरी=रामेछाप 📕लाम पोखरी=ताप्लेजुङ 📕माई पोखरी=इलाम 📕सभा पोखरी=संखुवासभा 📕बद्र पोखरी=लमजुङ 📕प्रयाग पोखरी=ललितपुर 📕जटा पोखरी=सिन्धुपाल्चोक 📕नारायण पोखरी=सिन्धुपाल्चोक 📕ठुलो पोखरी=पर्वत 📕सिद्ध पोखरी=भक्तपुर 📕शंकर पोखरी=पर्वत 📕चिङलिङ पोखरी=तेह्रथुम 📕काल पोखरी=भोजपुर 📕सुखे पोखरी=ताप्लेजुङ 📕साल्पा पोखरी=भोजपुर 📕राजारानी पोखरी=मोरङ 📕दूध पोखरी=लमजुङ 📕इलिम पोखरी=लमजुङ 📕तारा खसेको पोखरी=सिन्धुपाल्चोक 📕पाँच पोखरी=सिन्धुपाल्चोक 📕कमल पोखरी=काठमाडौं 📕रानी पोखरी=काठमाडौं 📕नाग पोखरी=काठमाडौं 📕रौताह पोखरी=उदयपुर 📕गहना पोखरी=काठमाडौं

सामान्य ज्ञान मिति २०७७ मङसिर १० गते गोरखापत्रबाट

१. अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता कहिले तय गरेको छ ?  सन् २०२३ फेब्रुअरी ९–२६, दक्षिण अफ्रिका । – आईसीसीले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता एक वर्ष पछि सारेको । ‘कमन वेल्थ गेम’का कारण देखाउँदै आईसीसीले निर्धारित तालिकाभन्दा एक वर्ष पछाडि टी–२० विश्वकप आयोजना हुने जनाएको । सन् २०२२ को नोभेम्बरमा दक्षिण अफ्रिकामा प्रतियोगिता हुने तय भएको थियो । – सन् २०२२ मा कमन वेल्थ गेम बेलायतमा हुने भएको । यसपटकको कमन वेल्थ गेममा क्रिकेट पनि समावेश गरिएको । कमन वेल्थ गेममा सहभागी भएका खेलाडीले विश्वकपको तयारी गर्न समय अभाव हुने र प्रतियोगिताको तयारी गर्न नै मिति परिवर्तन गरिएको आईसीसीले जनाएको । – यदि कोरोना भाइरस महामारीका रूपमा नफैलिएको भए २०२२ मा आईसीसीले तीन प्रमुख प्रतियोगिता आयोजना गर्ने थियो । – यसअघि आईसीसीले २०२१ को जनवरीदेखि फेब्रुअरीसम्म न्युजिल्यान्डमा हुने महिला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता स्थगित गरेको थियो । कोरोना भाइरसका कारण स्थगित भएको महिला एकदिवसीय विश्वकप २०२२ मै न्युजिल्यान्डमा हुने आईसीसीले जनाएको । २. युरोपि...

लोक सेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)२०७७ कार्तिक २६ गते

१. अमेरिकामा सन् २०२० नोभेम्बरमा सम्पन्न निर्वाचनमा राष्ट्रपति पदमा विजयी हुने व्यक्तित्व को हुन् ?  जोय बाइडेन – बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जोय बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित । – अमेरिकाको इतिहासमा तीन दशकपछि बहालवाला राष्ट्रपतिलाई पराजित गर्दै अर्को पार्टीका उम्मेदवार बाइडेन विजयी । यसअघि सन् १९९२ मा राष्ट्रपति जर्ज बुसलाई पराजित गर्दै बिल क्लिन्टन निर्वाचित हुनुभएको थियो । – ७७ वर्षीय बाइडेन अमेरिकी राष्ट्रपति चुनावको इतिहासमा निर्वाचित हुने सबैभन्दा वृद्ध उम्मेदवार हुनुहुन्छ । उहाँ हालसम्मकै बढी लोकप्रिय मत हासिल गर्ने निर्वाचित राष्ट्रपति बन्ने । यसअघि यो कीर्तिमान बाराक ओबामाको नाममा थियो । – बाराक ओबामाको कार्यकालमा उहाँ उपराष्ट्रपति हुनुहुन्थ्यो । आगामी जनवरी २० (सन् २०२१) मा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा उहाँले आधिकारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने । त्यस्तै, अमेरिकाको इतिहासमै पहिलो महिला उपराष्ट्रपतिका रूपमा कमला ह्यारिस निर्वाचित । उहाँ क्यालिफोर्निया राज्य...

लोकसेवा तयारी सामग्री (मिति २०७७ कार्तिक १९ गते बुधबार)

१. अस्ट्रेलियास्थित लबी इन्स्टिच्युटद्वारा सन् २०२० अक्टोबरमा प्रकाशित प्रतिवेदनअनुसार विश्वका सबैभन्दा शक्तिशाली (सुपर पावर) देशको सूचीमा परेका राष्ट्र कुन–कुन हुन् ?  अमेरिका र चीन । – यो सूचीमा अमेरिका ८१.ं६ अङ्कका साथ शीर्षस्थानमा छ । त्यसैगरी चीन ७६.१ अङ्कका साथ दोस्रो स्थानमा छ । – अमेरिका र चीनलाई अङ्कका आधारमा महाशक्तिको दर्जा दिइएको छ भने तेस्रो स्थानमा रहेको जापानलाई प्रमुख शक्तिको दर्जामा राखिएको छ । – प्रमुख शक्ति राष्ट्रको दर्जा हासिल गर्न आवश्यक ४० अङ्क पाउन योपटक भारत चुकेको छ । ३९.७ अङ्क प्राप्त गरी मध्यशक्तिशाली (मिडल पावर्स) राष्ट्रको सूचीमा परेको छ भारत । – लबी इन्स्टिच्युटले हरेक वर्ष विश्वका प्रमुख देशको आर्थिक क्षमता, सैन्य क्षमता, आन्तरिक स्थिति, भविष्यको योजना, दोस्रो देशसँगको आर्थिक सम्बन्ध, डिफेन्स नेटवर्क (प्रतिरक्षा सञ्जाल), राजनीतिक तथा कूटनीतिक प्रभाव र साँस्कृतिक प्रभावको अध्ययन गरी यो सूची जारी गर्ने गरेको छ । २. नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित तथ्याङ्कअनुसार २०७७ भदौ मसान्तसम्म देशभरका कति स्थानीय तहमा वाणिज्य बैङ्कको पहुँच पुगेको छ ?  ७४७ । – अब छव...

मानव शरीरका २५ रोचक तथ्य

१. मानिसको शरीरको हड्डी स्टीलभन्दा पाँच गुुणा बलियो हुुन्छ । २. आँखा खोलेर हाच्छ्युँ गर्न सकिँदैन । ३. भोकलेभन्दा पनि कम सुताइले मानिस चाँडै मर्छ । ४. जर्मनीका अनुसन्धानकर्ताहरुका अनुसार हप्ताको अरु बारभन्दा सोमबार बढी हृदयघात हुन्छ । ५. औषतमा एक व्यक्तिले दिनमा ४८०० शब्द बोल्दछ । ६. दुई अर्ब मानिसमा जम्मा दुईवटा मानिस मात्र ११६ वर्षसम्म पुग्न सक्दछन् । ७. मानिस मुस्कुराउँदा १७ मांसपेशीको प्रयोग हुन्छ भने दुखी हुँदा ४३ मांशपेशीको प्रयोग हुन्छ । ८. मानिसको मुखमा करिब ४० हजार ब्याक्टेरिया हुन्छन् । ९. शरीरको सबैभन्दा सानो कोष शुक्राणुको हुन्छ । १०. दाहिने फोक्सोले देब्रे फोक्सोले भन्दा बढी हावा लिन्छ । ११. मानव शरीरको सबैभन्दा बलियो मांसपेशी जिब्रो हो । १२. निलो आँखा हुनेहरु अरुभन्दा बढी पीडामा संवेदनशील हुुन्छन् । १३. खुट्टाको नङभन्दा हातको नङ चार गुणाले बढ्छ । १४. मानिस यस्तो जीव हो जसले मात्र सिधा लाइन कोर्नसक्छ । १५. सयभन्दा बढी भाइरसको कारणले रुघाखोकी लाग्दछ । १६. मानिसको शरीरमा हुने ब्याक्टेरियाको कुल तौल २ किलोग्राम हुन्छ । १७.विश्वका सात प्रतिशत मानिसहरु देब्रे हातको ब...