लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) #गोरखापत्रअनलाइन श्रावण ६, २०७८ बुधबार
१. जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ? ३३ । – टोकियो ओलम्पिक्स सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने । – यसअघि टोकियो ओलम्पिक्स सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने मिति तय गरिएको थियो । कोरोना भाइरसको महामारीका कारण प्रत्येक चार वर्षपछि हुने ओलम्पिक्स यसपटक पाँच वर्षपछि हुन लागेको । – विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो । – टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका (सुटिङ, जुडो, एथ्लेटिक्स र पौडी) पाँच खेलाडी सहभागी हुने । २. विक्रम संवत् २०७८ असार १५ गते मनाइएको १८औँ राष्ट्रिय धान दिवसको नारा के हो ? धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि । ३. नेपाली काँग्रेसका सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ? विसं २०७८ असार २९ । – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई सोही दिन पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको । – नेपालको संविधानको धारा ७६ (५) ...