Posts

Showing posts from June, 2021

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) #गोरखापत्रअनलाइन असार २, २०७८ बुधबार

१. ‘युरोकप २०२०’ मा कति राष्ट्रको सहभागिता रहेको छ ?  २४ । – युईएफएले चार वर्षअघि नै सहभागी देशको सङ्ख्या १६ बाट २४ पु-याउने निर्णय गरेको । – ११ देशका ११ सहरमा युरोकप २०२० सञ्चालन भएको । २. मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ?  एन्ड्रिया मेजा (मेक्सिको) । – ६९औँ संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी ७३ देशका सुन्दरीलाई पछाडि पार्दै २६ वर्षीया सफ्टवेयर इन्जिनियर एन्ड्रियाले सो उपाधि जितेकी । – सन् २०२१ मे १६ मा सम्पन्न प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएका । ३. चलचित्र क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कार एकेडेमी अवार्डको ९३औँ संस्करणमा सर्वोत्कृष्ट चलचित्र कुन घोषित भयो ?  नोम्याडल्यान्ड । – सर्वोत्कृष्ट घोषित अन्य विधा÷कलाकार – सर्वोत्कृष्ट अभिनेता ः एन्थनी हकिन्स (द फादर) – सर्वोत्कृष्ट अभिनेत्री ः फ्रान्सेस म्याक डोरम्यान्ड (नोम्याडल्यान्ड) – सर्वोत्कृष्ट निर्देशक ः लो झाओ ( नोम्याडल्यान्ड) – सर्वोत्कृष्ट सहअभिनेता ः डेमियल कलुया (जुडस एन्ड द ब्ल्याक मसिह) – सर्वाेत्कृष्ट सहअभिनेत्री ः युन यु जङ (मिनारी) – सर्वोत...

शिक्षा ऐन, नियमावली तथा शिक्षक सेवा आयोग नियमावली

१) अध्यापन अनुमतिपत्रको उत्तिर्णाङ्क शिक्षा सेवा आयोग नियमावलीको कति औ संशोधनबाट पचास भएको हो ? ✍️ नवौ संशोधन २) अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले सोही तहको पदमा अस्थायी वा राहत अनुदान कोटामा काम गरेवापत अधिकतम कति अंक पाउन सक्ने व्यवस्था छ ? ✍️ ५ अंक ३) SEE परिक्षाको परिक्षाफल प्रकाशन भएको कति समय पछि उत्तरपुस्तिका धुल्याउने व्यवस्था छ ? ✍️ ६ महिना ४) सामुदायिक विद्यालयमा हुने दरवन्दीमा जम्मा शिक्षक २४ जना भए कति जना द्वितीय श्रेणिको हुनेछ ? ✍️ ४जना ५) असाधारण क्षमता भएका विद्यार्थीलाई कक्षा चढाउदा कुन कुन कक्षा चढाउन सकिदैन ? ✍️कक्षा ६ र ९ ६) शिक्षक सेवा आयोगबाट सिफारिस भएको उम्मेदवारले नियुक्तिपत्र बुझेको कति दिनमा सम्बन्धित विद्यालयमा हाजिरी हुनुपर्दछ ? ✍️१५ दिनभित्र ७) कुनै विद्यालयले कक्षा थप गर्न चाहेमा कति समय अगाडी कहाँ निवेदन दिनुपर्दछ ? ✍️शै स सुरु हुनुभन्दा २ महिना अगाडी सम्बन्धित स्थानीय तहमा ८) नगर शिक्षा समितिमा कतिजना महिला सदस्य रहने व्यवस्था छ ? ✍️ ४ जना ९) विद्यालय व्यवस्थापन समितिमा सम्बन्धित क्षेत्रको वि नि के को रुपमा आमन्त्रण गरिनेछ ? ✍️ पर्यवेक्षक १०) ...