लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) गोरखापत्र अनलाइन पुष १, २०७७ बुधबार
१. राष्ट्रिय कविता महोत्सव २०७७ मा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ ? नुवाकोटकी भैरवी भूगोल । – उहाँको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको । – यस्तै, द्वितीय स्थान लमजुङका प्रज्ज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले हात पारेको । सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका । – प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३० हजार रुपियाँ प्रदान गरिएको । २. विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति कायम भएको छ ? ८,८४८.८६ मिटर (२९,०३१.७ फिट) । – विक्रम संवत् २०७७ मङ्सिर २३ मा नेपाल र चीनद्वारा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको । – सगरमाथाको उचाइ नाप्न दुई देशले सहकार्य गरेका थिए । – विगत ६५ वर्षदेखि यसको उचाइ ८,८४८ मिटर वा २९,२८.८७ फिट स्वीकारिएको थियो । ३. राष्ट्रिय योजना आयोगले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि समृद्धि र सुखका कति–कति सूचक तय गरेको छ ? समृद्धि ः ३२ र सुख ः २३ । ४. इन्डोप्यासिफिक क्षेत्रअ...